जीतपुर घटनाका दोषीमाथि कडा कारबाही गर्न अध्यक्ष घिसिङको माग

काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले बाराको जीतपुरमा बालिकाको हत्या भएको घटनामा संलग्न दोषीलाई कडा कानुनी कारबाही गर्न माग गरेका छन्।

पूर्वमन्त्रीसमेत रहेका घिसिङले शनिबार विज्ञप्ति जारी गर्दै घटनाको निष्पक्ष र प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन सरकारसँग आग्रह गरेका हुन्। बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१ दसधुरास्थित बस्तीबाट साउन ३१ गतेदेखि बेपत्ता भएकी बालिकाको शव भदौ २ गते सोही क्षेत्रको एक घरमा फेला परेको थियो। प्रहरीका अनुसार बालिकामाथि बलात्कारपछि हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले घटनालाई जघन्य अपराध भन्दै बालबालिकाको सुरक्षा र राज्यको जिम्मेवारीप्रति गम्भीर प्रश्न उठाएको छ। पार्टीले पीडित परिवारलाई न्याय दिलाउन दोषीमाथि कडा कारबाही हुनुपर्ने मागसमेत गरेको छ।

Back To Top
Modern Footer Design