प्रतिनिधिसभाको बैठक स्थगित, बुधबार दिउँसो १ बजे बस्ने

काठमाडौं । मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक विशेष कारणले निर्धारित समयमा बस्न नसक्ने भएपछि स्थगित गरिएको छ।

संघीय संसद् सचिवालयले सूचना जारी गर्दै बैठकको नयाँ मिति र समय तय गरेको जनाएको छ। सभामुखले प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ६ को उपनियम (३) अनुसार बैठकको समय परिवर्तन गरेका हुन्। सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सूचनाअनुसार अब प्रतिनिधिसभाको बैठक भदौ १० गते बुधबार दिउँसो १ बजे बस्नेछ। यसअघि मंगलबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको थियो। विशेष कारणले निर्धारित समयमा बैठक बस्न नसकेपछि एक दिनका लागि सारिएको हो।

Back To Top
Modern Footer Design