रसुवा बाढी विपद् : क्षतिको अवस्था र पछिल्लो अपडेट

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले नदी आसपासका बस्ती तथा विभिन्न भौतिक संरचनामा ठूलो क्षति पुर्‍याएको छ।

बाढीका कारण नदी किनारका केही बस्ती बगाएका छन् भने स्याफ्रुबेँसीदेखि तल्लो क्षेत्रसम्मका भौतिक संरचनामा व्यापक क्षति पुगेको स्थानीय तहका जनप्रतिनिधिहरूले बताएका छन्। प्रारम्भिक विवरणअनुसार हालसम्म मानवीय क्षतिको आधिकारिक विवरण प्राप्त भएको छैन। बाढी प्रभावित क्षेत्रमा क्षतिको विवरण संकलन, खोजी तथा उद्धार कार्य जारी रहेको छ। बाढीपछि प्रभावित क्षेत्रको अवस्था, उद्धार तथा राहतका सम्बन्धमा पछिल्ला विवरणहरू आउने क्रम जारी छ।

Back To Top
Modern Footer Design