बाजुरामा बस दुर्घटना, २१ यात्रु घाइते

बाजुरा । बाजुराको बुढीगंगा नगरपालिका–१० स्थित रिठा बजार नजिक आइतबार बिहान यात्रुवाहक बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन्।

पवनदूत यातायातको सुदूरपश्चिम प्रदेश–०२–००१ ख १३५५ नम्बरको बस महेन्द्रनगरबाट मार्तडीतर्फ जाँदै गर्दा दुर्घटनामा परेको हो। जिल्ला प्रहरी कार्यालय बाजुराकी डीएसपी शैलेश्वरी बोहराका अनुसार बसको ब्रेक फेल भएपछि दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। दुर्घटनामा घाइते भएका २१ जनामध्ये १९ जनाको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको छ। अन्य दुई जना भने सामान्य उपचारपछि घर फर्किएका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

Back To Top
Modern Footer Design