चितवन। गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन हुने स्थलको आज निरीक्षण गरेका छन्।
आइतबार चितवनको भरतपुर महानगरपालिका–१० स्थित गेस्टहाउस चौरमा हुने महाधिवेशनको तयारीबारे उनले स्थलगत अवलोकन गरेका हुन्। गए राति परेको भारी वर्षाका कारण कार्यक्रम स्थलमा डुबान भएको थियो। त्यसपछि गृहमन्त्री गुरुङले चितवनका प्रमुख जिल्ला अधिकारी तथा आयोजक टोलीसँग छलफल गर्दै क्षेत्रबाट पानी तत्काल हटाउने व्यवस्था मिलाउन निर्देशन दिएका छन्।
