मस्कोतर्फका ५९ ड्रोन खसालिएपछि चार विमानस्थल अस्थायी रूपमा बन्द

मस्को । रुसको राजधानी मस्कोतर्फ लक्षित करिब ६० वटा ड्रोन खसालिएपछि मस्कोका चारवटै प्रमुख विमानस्थल केही समयका लागि बन्द गरिएको छ।

मेयर सर्गेई सोब्यानिनले सामाजिक सञ्जाल टेलिग्राममार्फत मस्कोतर्फ गइरहेका ५९ वटा ड्रोन नष्ट गरिएको जानकारी दिएका छन्। रुस–युक्रेनबीच जारी तनावका बीच युक्रेनले रुसभित्र ड्रोन आक्रमण गर्दै आएको भए पनि ती ड्रोन युक्रेनबाट प्रक्षेपण गरिएको हो वा होइन भन्नेबारे आधिकारिक पुष्टि गरिएको छैन। सुरक्षा कारण देखाउँदै रूसी उड्डयन अधिकारीहरूले मस्कोका चारवटै विमानस्थल अस्थायी रूपमा बन्द गरेका थिए। पछि स्थानीय समयअनुसार बिहान ५ः३९ बजे विमानस्थलहरू पुनः सञ्चालनमा ल्याइएको जनाइएको छ। घटनापछि मस्को क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ।

Back To Top
Modern Footer Design