काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेर २ लाख ७७ हजार ३०० रुपैयाँ कायम भएको छ।त्यस्तै, चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेर ४ हजार २७० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन छापावाल सुन २ लाख ७७ह जार ९०० रुपैयाँमा कारोबार भएको थियो।
