२०८३ साल असार १७ गते बुधबारको राशिफल
- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): रोकिएका कामहरू आज सम्पन्न हुनेछन्। आम्दानी बढ्ने र व्यापारमा गरिएको लगानी फलदायी हुने योग छ। राज्यका तर्फबाट अवसर प्राप्त हुन सक्छ। पारिवारिक रमाइलो कार्यक्रमको योजना बन्न सक्छ।
- वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): बोलीको प्रभावले काम बन्नेछ। स्वास्थ्यमा सुधार आउनेछ। शिक्षाको क्षेत्रमा थप मेहनतको आवश्यकता छ। परिवारजनसँगको सम्बन्ध सुमधुर रहनेछ।
- मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): व्यापारमा सहकार्य गरेर अगाडि बढ्नु उचित हुनेछ। धार्मिक व्यक्तिसँगको भेटघाटले काममा सहजता ल्याउनेछ। प्रेम सम्बन्धमा केही खटपटी हुनसक्ने भएकाले आज कम बोल्नु नै हितकर छ।
- कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आज थोरै बोल्नु र सोचेर मात्र काम गर्नु उचित हुनेछ। दैनिक व्यवहारमा विशेष सचेत रहनुहोला। हरेक क्षेत्रमा थप मेहनत र परिश्रमको आवश्यकता देखिन्छ।
- सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आजको दिन उत्साहजनक छ। बोलीको प्रभावले महत्त्वपूर्ण कामहरू बन्नेछन्। आफ्नो गोपनीयतालाई सुरक्षित राख्नुहोला। प्रेम सम्बन्ध सुमधुर रहनेछ।
- कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो): अनावश्यक यात्रा र खर्च बढ्न सक्छ। सञ्चित धन खर्च हुँदा मनमा चिन्ता हुनसक्छ। विपक्षीहरूले पनि तपाईंको कामको प्रशंसा गर्नेछन्। स्वास्थ्य र प्रेम सम्बन्ध सामान्य रहनेछ।
- तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): सामाजिक प्रतिष्ठा मिल्नेछ। कला र सिर्जनात्मक कार्यको उचित मूल्यांकन हुनेछ। शिक्षामा थप मिहिनेतको खाँचो छ। परिवारसँग रमाइलो यात्राको योग छ।
- वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): दिन अनुकूल छ, श्रमको उचित मूल्य प्राप्त हुनेछ। स्वास्थ्य समस्यालाई बेवास्ता नगर्नुहोला। आर्थिक लाभका अवसरहरू जुट्न सक्छन्।
- धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): बोलीको प्रभावले काम बन्नेछ। शिक्षामा प्रगति हुनेछ। लगानी गरेको भए नाफा हुने योग छ। स्वास्थ्यमा सुधार आउनेछ, तर परिवारभित्र कसैबाट धोका हुनसक्ने भएकाले सचेत रहनु उचित हुन्छ।
- मकर (भो, जा, जि, खि, खु, खे, खो, गा, गि): दिन सामान्य छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्दा राम्रो हुनेछ। अनावश्यक खर्चले गर्दा मन केही उदास हुनसक्छ।
- कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): दिन राम्रो छ, यात्रा सफल हुनेछ। मेहनतको फल प्राप्त हुनेछ। बिहान शिवको भजन सुन्नु शुभ मानिन्छ। स्वास्थ्यमा केही समस्या देखिए मन उदास हुनसक्छ।
- मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): पुराना कामहरू सुचारु हुनेछन्। रोकिएका कार्यहरू बन्ने योग छ। कार्यक्षेत्रमा थप सक्रियता देखाउनु राम्रो हुनेछ।
