काठमाडौँ। नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँले घट्दै २ लाख ८८ हजार रुपैयाँ कायम भएको छ।
सोमबार छापावाल सुन प्रतितोला २ लाख ८९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। गत साताको मंगलबार भने सुनको मूल्य प्रतितोला २ लाख ७७ हजार ९ सय रुपैयाँ रहेको महासंघले जनाएको छ। यस्तै, चाँदीको मूल्य पनि ओरालो लागेको छ। महासंघका अनुसार चाँदीको भाउ प्रतितोला ३० रुपैयाँले घटेर ४ हजार ५५५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ५८५ रुपैयाँमा कारोबार भएको थियो। गत साताको मंगलबार चाँदीको मूल्य प्रतितोला ४ हजार २८५ रुपैयाँ रहेको थियो। महासंघले अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावको प्रभावले स्थानीय बजारमा पनि सुनचाँदीको मूल्य परिवर्तन हुने गरेको जनाएको छ।
