काठमाडौँ । आज चन्द्रमाको अवस्थाका कारण केही राशिका व्यक्तिका लागि नयाँ अवसर प्राप्त हुने संकेत देखिएको छ भने केहीले आर्थिक कारोबार र व्यक्तिगत सम्बन्धमा संयमता अपनाउनुपर्ने देखिन्छ। आजको दिन तपाईंको राशिअनुसार कस्तो रहनेछ, हेर्नुहोस् आजको राशिफलः
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
काममा सफलता मिल्नेछ। नयाँ योजना अघि बढाउन अनुकूल समय छ। पारिवारिक सहयोग प्राप्त हुनेछ।
वृष ९इ, उ, ए, ओ, वा, वि, वु, वे, वो०
अनावश्यक खर्च बढ्न सक्छ। स्वास्थ्यमा सामान्य समस्या देखिन सक्ने भएकाले खानपानमा ध्यान दिनुहोस्।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
व्यापार र रोजगारीमा लाभ मिल्ने सम्भावना छ। साथीभाइसँगको सहकार्य फलदायी बन्नेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
पारिवारिक जिम्मेवारी बढ्न सक्छ। धैर्यका साथ निर्णय गर्दा राम्रो परिणाम प्राप्त हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
भाग्यले साथ दिने दिन छ। अध्ययन, वैदेशिक कार्य र नयाँ अवसरका लागि समय अनुकूल रहनेछ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आर्थिक लेनदेनमा सावधानी अपनाउनुहोस्। विवादमा नपर्नु नै बुद्धिमानी हुनेछ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
दाम्पत्य जीवन सुखद रहनेछ। साझेदारीका कामबाट राम्रो लाभ मिल्ने सम्भावना छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मेहनतअनुसार सफलता प्राप्त हुनेछ। स्वास्थ्यमा सुधार आउने र रोकिएका काम अघि बढ्नेछन्।
धनु (ये, यो, भा, भि, भु, ध, फा, ढा, भे)
रचनात्मक काममा सफलता मिल्नेछ। प्रेम सम्बन्धमा सकारात्मक वातावरण बन्नेछ।
मकर (भो, जा, जि, खि, खु, खे, खो, गा, गि)
घरपरिवारसँग सम्बन्धित काममा व्यस्तता बढ्नेछ। सम्पत्तिसम्बन्धी विषयमा लाभ मिल्न सक्छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
छोटो यात्रा र नयाँ भेटघाटको सम्भावना छ। बोली र व्यवहारमा संयमता अपनाउनु राम्रो हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आर्थिक लाभका अवसर प्राप्त हुन सक्छन्। आत्मविश्वास बढ्नेछ र महत्वपूर्ण काम सम्पन्न हुने सम्भावना छ।
