यी तीन प्रदेशमा अति भारी वर्षाको चेतावनी, देशभर मनसुनी प्रभाव कायम

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिम क्षेत्रमा औसत स्थानभन्दा केही उत्तरतर्फ र पूर्वमा नेपालको तराई आसपास रहेकाले मौसम प्रभावित बनेको हो।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। महाशाखाले आज दिउँसो देशभर अधिकांश स्थानमा बदली रहने जनाएको छ। हिमाली तथा पहाडी भूभागका विभिन्न स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। साथै मधेस प्रदेशका अधिकांश स्थान र कोशी, बागमती तथा गण्डकी प्रदेशका तराई क्षेत्रमा पनि चट्याङसहित वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिमका तराईका केही स्थानमा समेत वर्षा हुन सक्ने अनुमान गरिएको छ। मधेससहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

आज राति पनि कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश स्थानमा बदली रहनेछ भने कर्णाली र सुदूरपश्चिममा आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा धेरै स्थानमा तथा अन्य हिमाली क्षेत्रमा केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ। यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराईका धेरै स्थान, लुम्बिनीका केही स्थान, कर्णालीका पहाडी क्षेत्र र सुदूरपश्चिमका थोरै स्थानमा पनि चट्याङसहित वर्षा हुने सम्भावना छ। महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा केही स्थानमा तथा मधेससहित ती प्रदेशका तराईका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्नेछ। साथै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा ८८अति भारी वर्षा८८ हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

Back To Top
Modern Footer Design