काठमाडौँ। साताको दोस्रो कारोबार दिन सोमबार नेपाली बजारमा सुन तथा चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार ८ सय रुपैयाँले घट्दै २ लाख ८५ हजार २ सय रुपैयाँ कायम भएको छ।
यसअघि आइतबार सुन प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको थियो। एकै दिन उल्लेख्य गिरावट आएपछि सोमबार नयाँ मूल्य निर्धारण गरिएको महासंघले जनाएको छ। यस्तै, चाँदीको मूल्यमा पनि कमी आएको छ। सोमबार चाँदी प्रतितोला १ सय रुपैयाँले घटेर ४ हजार ३ सय ७५ रुपैयाँ कायम भएको छ। आइतबार चाँदी प्रतितोला ४ हजार ४ सय ७५ रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारको मूल्यमा आएको उतारचढावको प्रभावस्वरूप नेपाली बजारमा पनि सुनचाँदीको मूल्य समायोजन हुने गरेको छ।
