काठमाडौं । नेपाली बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। अघिल्लो दिन अर्थात् मंगलबार प्रतितोला १,२०० रुपैयाँले घटेको सुनको मूल्य आज ८०० रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ८०० रुपैयाँ कायम भएको छ। मंगलबार भने यही सुन प्रतितोला २ लाख ८४ हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, चाँदीको मूल्य पनि बढेको छ। मंगलबार प्रतितोला ४ हजार ३६० रुपैयाँ रहेको चाँदीको मूल्य बुधबार बढेर ४ हजार ४१५ रुपैयाँ पुगेको महासंघले जनाएको
