खोटाङ कारागारमा एक कैदीको मृत्यु

खोटाङ । खोटाङ जिल्ला कारागारमा सजाय भुक्तान गरिरहेका एक कैदीको मृत्यु भएको छ। साकेला गाउँपालिका–४ मात्तिम पारुङका निसान राई सवारी ज्यान मुद्दामा दुई वर्षको कैद सजाय भोगिरहेका थिए।

कारागारका सूचना अधिकारी कपिन्द्र कठायतका अनुसार असार ३० गते राति खाना खाएपछि राईले ‘१२स्४५ बजे हुने वर्ल्डकप खेल हेर्न उठाइदिनु’ भन्दै सुत्न गएका थिए। निर्धारित समयमा उठाउन जाँदा उनी बेहोस अवस्थामा भेटिएका थिए।

त्यसपछि तत्काल अस्पताल लगिएको भए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। अस्पतालका डा. पुष्कल राईका अनुसार अस्पताल पुग्नुअघि नै उनको मृत्यु भइसकेको थियो। मृत्युको वास्तविक कारण भने पोष्टमार्टम रिपोर्ट आएपछि मात्र स्पष्ट हुने बताइएको छ।

राई चालक पेशामा आबद्ध थिए र जरिवाना रकम बुझाएको अवस्थामा आगामी साउन ११ गते उनी जेलमुक्त हुने अवस्था रहेको जनाइएको छ घटनापछि मृतकका आफन्तले मृत्युको वास्तविक कारण सार्वजनिक नभएसम्म शव नबुझ्ने अडान लिएका छन्। यस विषयमा प्रशासन, प्रहरी, मृतकका परिवार तथा सरोकारवालाबीच छलफल जारी रहेको बताइएको छ ।

Back To Top
Modern Footer Design