सर्लाही। सुनसरीको कप्तानगञ्जमा भएको घटनाको असर सर्लाहीमा पनि देखिएको छ। दुई पक्षबीच भएको झडपपछि अवस्था तनावपूर्ण बनेको छ।
झडपका क्रममा ११ भन्दा बढी मोटरसाइकलमा आगजनी गरिएको छ। आगलागीका कारण सबै मोटरसाइकल पूर्ण रूपमा जलेर नष्ट भएका छन्। गोलबजार नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।
घटनापछि स्थानीय प्रशासनले सुरक्षा अवस्थालाई मध्यनजर गर्दै कर्फ्यु आदेश जारी गरेको छ। तर, कर्फ्यु लागू भए पनि विभिन्न स्थानमा प्रदर्शन र विरोधका गतिविधि भने पूर्ण रूपमा रोकिएका छैनन्। त्यस क्षेत्रमा सुरक्षा व्यवस्था थप कडा पारिएको छ।
