काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको भक्तपुरस्थित निकोसेराको घरमा प्रहरीले खानतलासी गरेको छ।
बिहीबार उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको टोलीले प्रसाईंको घरमा खानतलासी गरेको हो।लघुवित्त पीडितहरूलाई आन्दोलनका लागि उक्साएको आरोपमा प्रहरीले प्रसाईंको घरमा खानतलासी गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका एक प्रहरी अधिकारीले जानकारी दिए। प्रहरीका अनुसार खानतलासीको नेतृत्व उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक (एसपी) शरत थापाले गरेका छन्।यसैबीच, लघुवित्त पीडितहरू काठमाडौंको पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालयमा धर्नामा बसिरहेका छन्।
