२४ घण्टामा ६४१ चालक ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने ६४१ जना सवारी चालक पछिल्लो २४ घण्टामा कारबाहीमा परेका छन् ।

आइतबार बिहानसम्म उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले गरेको सवारी जाँचका क्रममा मादक पदार्थ सेवन गरी सवारी चलाउने ८० जना चालकलाई कारबाही गरिएको छ । यस्तै, सिसिटिभीमार्फत ७७ जना र रातोबत्ती उल्लंघन गर्ने २८ जना चालक कारबाहीमा परेका छन् ।

ट्राफिक प्रहरीका अनुसार तीव्र गतिमा सवारी चलाउने १४२ जना, हर्न निषेधित क्षेत्रमा हर्न बजाउने १८ जना, लेन अनुशासन उल्लंघन गर्ने २ जना, सवारीको अवस्था ठीक नभएका २५ जना र एकतर्फी सडकमा नियम उल्लंघन गर्ने ४ जना चालकलाई पनि कारबाही गरिएको छ । यसैगरी, अन्य विभिन्न ट्राफिक नियम उल्लंघन गर्ने २६५ जना चालकलाई कारबाही गरिएको प्रहरीले जनाएको छ ।

Back To Top
Modern Footer Design