धादिङ । धादिङमा नदीले बगाएर ल्याएको बैंकको ‘सेफ’ फोडेर रकम निकाल्ने प्रयास गरेको आरोपमा २९ जना पक्राउ परेका छन्।
सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। सशस्त्र प्रहरीका प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार पक्राउ परेकाहरूको साथबाट ९२ लाख ६८ हजार ५०५ रुपैयाँ बरामद गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
