काठमाडौं । वरिष्ठ पत्रकार हरि लम्सालको ७८ वर्षको उमेरमा निधन भएको छ । फोक्सोसम्बन्धी स्वास्थ्य समस्याको उपचार गराइरहेका लम्सालको ह्याम्स अस्पतालमा निधन भएको हो ।
लम्साल नेपाल पत्रकार महासङ्घ काठमाडौं शाखाका पूर्वसभापति समेत थिए । उनका श्रीमतीसहित दुई छोरा र दुई छोरी छन् । नेपाली पत्रकारितामा पाँच दशकभन्दा बढी समय सक्रिय रहेका लम्सालले ‘राष्ट्रवाणी’ साप्ताहिकको सम्पादकीय नेतृत्वसमेत गरेका थिए । नेपाल पत्रकार महासङ्घका पूर्वसभापति तारानाथ दाहालले लम्सालको निधनप्रति दुःख व्यक्त गर्दै उनको योगदानको स्मरण गरेका छन् ।
