काठमाडौं । नेकपा एमालेको बिहीबार बस्ने स्थायी कमिटी बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुने भएकी छन्।
एमालेको वरिष्ठ नेता मनोनीत भएपछि भण्डारी पहिलोपटक स्थायी कमिटी बैठकमा सहभागी हुन लागेकी हुन्। गत असोज ८ गते बसेको एमाले सचिवालय बैठकले उनलाई वरिष्ठ नेता मनोनीत गर्ने निर्णय गरेको थियो। त्यसपछि बसेको केन्द्रीय कमिटी बैठकले सचिवालयको उक्त निर्णय अनुमोदन गरेपछि भण्डारीले वरिष्ठ नेताको हैसियतमा स्थायी कमिटी बैठकमा सहभागी हुने बाटो खुलेको हो। एमाले कार्यालय स्रोतका अनुसार बिहीबारको स्थायी कमिटी बैठकका लागि अहिलेसम्म एजेन्डा भने तय भइसकेको छैन।
