काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा खुला उपसभापति पदका लागि उम्मेदवारी दिएका देवराज चालिसेले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
चालिसेले बुधबार केहीबेरअघि उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका हुन् । उनले सभापति गगन थापाको आग्रहपछि आफूले उपसभापतिको उम्मेदवारी फिर्ता लिएको जानकारी दिएका छन् । चालिसेले मंगलबार मात्रै खुला उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका थिए । तर, सभापति थापासँगको आग्रह र छलफलपछि उनले उम्मेदवारी फिर्ता लिने निर्णय गरेका हुन् । गत पुसमा सम्पन्न कांग्रेसको विशेष महाधिवेशनपछि चालिसे पार्टी प्रवक्ताको जिम्मेवारीमा चयन भएका थिए । पछिल्लो समय उनी पार्टीको संगठनात्मक तथा राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएका थिए ।
