महाधिवेशनकै बीच कांग्रेस सचेतक निस्कल राईको एपेन्डिसाइटिसको शल्यक्रिया

काठमाडौं । नेपाली कांग्रेसका सचेतक निस्कल राईको एपेन्डिसाइटिसको सफल शल्यक्रिया गरिएको छ। अचानक स्वास्थ्यमा समस्या देखिएपछि बिहीबार राति उनको शल्यक्रिया गरिएको हो। हाल उनको स्वास्थ्य अवस्था सुधार हुँदै गएको र उनी अस्पतालमै उपचाररत रहेको जनाइएको छ।

शल्यक्रियापछि राईले उपचारमा संलग्न चिकित्सक तथा अस्पतालका सम्पूर्ण कर्मचारीप्रति आभार व्यक्त गरेका छन्। स्वास्थ्यमा समस्या आएर अस्पतालमा रहनुपरे पनि पार्टीको महाधिवेशनमा सहभागी प्रतिनिधि तथा नेता–कार्यकर्ताबाट प्राप्त साथ र सद्भावले आफूलाई हौसला मिलेको उनले बताएका छन्।

स्वास्थ्य अवस्थाका कारण सबै शुभचिन्तकको फोन उठाउन नसकेको उल्लेख गर्दै उनले त्यसप्रति क्षमायाचना गरेका छन्। साथै, आफ्नो स्वास्थ्यलाभको कामना गर्दै चासो, माया र सद्भाव व्यक्त गर्ने सबैप्रति धन्यवाद व्यक्त गरेका छन्। नेपाली कांग्रेसको महाधिवेशन चलिरहेका बेला स्वास्थ्यमा समस्या देखिएपछि राई अस्पतालमा उपचाररत रहेका हुन्। उनको स्वास्थ्यमा थप सुधार आउने अपेक्षा गरिएको छ।

Back To Top
Modern Footer Design