अष्ट्रेलियाली प्रधानमन्त्री अल्बानिजद्वारा नेपाली समुदायलाई दशैंको शुभकामना

काठमाडौं । अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले दशैंको अवसरमा अष्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायलाई शुभकामना व्यक्त गरेका छन्।

उनले हालै नेपालमा आएको बाढीका कारण प्रभावित बनेका नेपालीहरूप्रति दुःख व्यक्त गर्दै ऐक्यबद्धता पनि जनाएका छन्। प्रधानमन्त्री अल्बानिजले आफ्नो सन्देशमा यस वर्षको दशैं नेपाली समुदायका लागि दुःख र शोकको पृष्ठभूमिमा आएको उल्लेख गरेका छन्। बाढीबाट प्रभावित परिवारले भोग्नुपरेको पीडाप्रति सहानुभूति प्रकट गर्दै उनले यस्तो कठिन परिस्थितिमा नेपाली समुदायसँग अष्ट्रेलिया साथमै रहेको बताएका छन्।

उनले बाढीपछिको पुनःस्थापना र पुनर्निर्माणका काममा आगामी दिनमा पनि निरन्तर सहयोग र साथ रहने प्रतिबद्धता व्यक्त गरेका छन्। विपद्का बेला सहयोगका लागि अघि सर्ने दाताहरू तथा प्रभावित समुदायलाई साथ दिने अष्ट्रेलियाली नागरिकहरूको योगदानको समेत उनले प्रशंसा गरेका छन्। दशैंले नेपाली समुदायमा शान्ति, धैर्य, शक्ति र आशिष् ल्याओस् भन्ने कामना गर्दै प्रधानमन्त्री अल्बानिजले चाडपर्वको यस अवसरमा प्रभावित नेपालीहरूप्रति आफ्नो समर्थन दोहोर्‍याएका छन्।

Back To Top
Modern Footer Design