बूढीगण्डकीमा बाढी आएपछि त्रिशूली र नारायणी किनारमा सतर्कता बढाइयो

चितवन । बूढीगण्डकी नदीमा बाढी आएपछि चितवन प्रशासनले त्रिशूली र नारायणी नदी आसपासका क्षेत्रमा सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

स्थानीय बासिन्दालाई सचेत गराउन माइकिङसमेत गरिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख रामेश्वर पौडेलका अनुसार नदी किनारमा बसोबास गर्ने स्थानीय, शव दाह गर्न जाने व्यक्ति, व्यापार व्यवसाय सञ्चालन गर्ने, माछा मार्ने तथा पौडी खेल्नेहरूलाई विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ। बाढीका कारण नदीको बहाव बढ्न सक्ने जोखिमलाई ध्यानमा राख्दै देवघाटमा शव दाह गर्न जानेहरूलाई सुरक्षित अग्लो स्थानमा जान भनिएको छ। त्यस्तै, नारायणी नदी किनारमा ठेला तथा अन्य व्यापार सञ्चालन गर्नेहरूलाई पनि सतर्क रहन आग्रह गरिएको छ। नदीको अवस्था हेरेर आवश्यक सावधानी अपनाउन र जोखिमपूर्ण क्षेत्रमा नजान प्रशासनले अनुरोध गरेको छ।

Back To Top
Modern Footer Design