काठमाडौं। सरकारले नेकपा एमालेको केन्द्रीय कार्यालयमा सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरीलाई फिर्ता बोलाएको छ।
एमाले कार्यालयको सुरक्षामा खटिँदै आएका सुरक्षाकर्मी सोमबारदेखि हटेका हुन्। सरकारको निर्णयअनुसार कार्यालयमा तैनाथ सबै सुरक्षाकर्मी फिर्ता भइसकेको एमालेले जनाएको छ। एमाले प्रचार विभाग प्रमुख नीरज आचार्यका अनुसार सुरक्षाकर्मी हटाइएको विषयमा पार्टीलाई स्पष्ट जानकारी दिइएको छैन। सरकारले किन यस्तो निर्णय गर्यो भन्नेबारे आफूहरू अनभिज्ञ रहेको उनले बताएका छन्। सरकारले सुरक्षाकर्मी फिर्ता बोलाएसँगै एमाले केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्थाबारे चासो बढेको छ।
