आईपीयूको १५३औँ महासभामा सहभागी भएर स्वदेश फर्किए सभामुख अर्याल

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी भएर मंगलबार स्वदेश फर्किएका छन्।

सभामुख अर्याल असोज १८ गते महासभामा भाग लिन तान्जानियातर्फ प्रस्थान गरेका थिए। तान्जानियाको अरुषा सहरमा अक्टोबर ५ देखि ९ सम्म अर्थात् असोज १९ देखि २३ गतेसम्म महासभा आयोजना गरिएको थियो। उक्त महासभामा सभामुख अर्यालसँगै उनकी धर्मपत्नी अम्बिका केसी, प्रतिनिधिसभा सदस्य रविन महत्तो तथा राष्ट्रियसभा सदस्यहरू झक्कु प्रसाद सुवेदी र अञ्जान शाक्य सहभागी भएका थिए। महासभामा सहभागिता जनाएर सभामुख अर्यालसहितको टोली मंगलबार स्वदेश फर्किएको हो।

Back To Top
Modern Footer Design