काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को संयुक्त वार्षिक बैठकमा सहभागी हुन थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गरेका छन्।
बैठकमा विश्वका विभिन्न देशका अर्थमन्त्रीहरूको सहभागिता रहनेछ। सोही अवसरमा अर्थमन्त्री वाग्लेले १६ वटाभन्दा बढी द्विपक्षीय तथा बहुपक्षीय बैठक र छलफलमा भाग लिने कार्यक्रम रहेको छ। अर्थमन्त्री वाग्लेको भ्रमण टोलीमा अर्थसचिव डा. घनश्याम उपाध्याय, अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख सहसचिव अमृत लम्साल, अर्थमन्त्रीका निजी अधिकृत माधव भण्डारी र अधिकृत गजेन्द्र भट्टराई सहभागी छन्।अर्थमन्त्री वाग्ले आगामी कात्तिक ४ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।
