काठमाडौं । आज सोमबार, ७ मंसिर २०८३ अर्थात् २३ नोभेम्बर २०२६। आज कार्तिक शुक्लपक्ष चतुर्दशी तिथि रहेको छ। भरणी नक्षत्र, वरियान् योग तथा मेष चन्द्रराशि रहेको आज विभिन्न राशिका लागि मिश्रित फलदायी रहने ज्योतिषीय फलादेश रहेको छ।
मेष: नयाँ काम सुरु गर्ने अवसर मिल्नेछ। सहयोगीहरूको साथ पाइनेछ। आम्दानी बढ्ने सम्भावना छ। विगतका कमजोरी सुधार्ने मौका मिल्नेछ।
वृष: रोकिएका काम अघि बढ्नेछन्। खर्च बढे पनि दीर्घकालीन फाइदा हुने काम सुरु गर्न सकिनेछ। यात्रा तथा वैदेशिक क्षेत्रबाट लाभ मिल्न सक्छ।
मिथुन: आम्दानीका नयाँ स्रोत भेटिन सक्छन्। मेहनतको राम्रो परिणाम प्राप्त हुनेछ। थोरै लगानीबाट पनि लाभ मिल्ने सम्भावना छ।
कर्कट: नयाँ काममा हात हाल्नुअघि सोचविचार गर्नुहोला। मेहनतबाट उपलब्धि हासिल हुनेछ। प्रभावशाली व्यक्तिको सहयोग मिल्न सक्छ।
सिंह: मेहनतले राम्रो उपलब्धि दिलाउनेछ। रोकिएका काम पूरा हुनेछन्। जिम्मेवारी बढ्न सक्छ, तर त्यसबाट प्रतिष्ठा पनि प्राप्त हुनेछ।
कन्या: काममा केही बाधा आउन सक्छ। पहिलेका समस्या दोहोरिन सक्छन्। आर्थिक तथा व्यक्तिगत विषयमा विशेष सावधानी अपनाउनु राम्रो हुनेछ।
तुला: दिन रमाइलो रहनेछ। मित्रता र सम्बन्ध सुमधुर बन्नेछन्। अध्ययन तथा नयाँ ज्ञानतर्फ रुचि बढ्नेछ। आम्दानी राम्रो भए पनि खर्च बढ्न सक्छ।
वृश्चिक: कामप्रति उत्साह बढ्नेछ। प्रयासअनुसार लक्ष्य प्राप्त गर्न सकिनेछ। यात्रा वा नयाँ सम्झौताको अवसर आउन सक्छ। व्यक्तिगत सूचना गोप्य राख्नुहोला।
धनु: सुखद समाचारले उत्साह बढाउनेछ। अध्ययन तथा सिर्जनात्मक काममा सफलता मिल्नेछ। यात्रा गर्ने अवसर आउन सक्छ।
मकर: रोकिएका घरेलु काम बन्नेछन्। हतारमा निर्णय नगर्नुहोला। अध्ययन तथा सिर्जनात्मक काममा प्रगति हुनेछ। परिवारको सहयोग मिल्नेछ।
कुम्भ: केही काममा अपेक्षित परिणाम नआए पनि निरन्तर प्रयास गर्दा सफलता मिल्नेछ। आर्थिक विषयमा सावधानी अपनाउनुहोला। अनावश्यक विवादबाट टाढा रहनु राम्रो।
मीन: मान–सम्मान बढ्नेछ। आम्दानीका स्रोत विस्तार हुनेछन्। अध्ययन तथा अभिव्यक्तिमा सफलता मिल्नेछ। मेहनतबाट राम्रो अवसर प्राप्त हुन सक्छ।
