बुद्धनगरमा आत्मदाह प्रयास गरेका ४५ वर्षीय पुरुषको उपचारकै क्रममा मृत्यु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१० बुद्धनगरमा शनिबार बिहान आत्मदाहको प्रयास गरेका ४५ वर्षीय आश्विन राउतको उपचारका क्रममा निधन भएको छ।

प्रहरीका अनुसार आफ्नै घरको भान्सामा शरीरमा आगो लगाएका राउतलाई तत्काल उद्धार गरी वीर अस्पताल पुर्‍याइएको थियो। उनको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको भए पनि शनिबार साँझ उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईले जानकारी दिए। प्रहरीका अनुसार राउतको शरीरको ५० प्रतिशतभन्दा बढी भाग जलेको थियो। उनी श्रीमती र छोरासँग बुद्धनगरमा बस्दै आएका थिए। राउतले आत्मदाहको प्रयास किन गरे भन्ने विषय भने अझै खुल्न सकेको छैन। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

Back To Top
Modern Footer Design