कांग्रेसको केन्द्रीय समिति बैठक साउन २४ गते बस्ने

काठमाडौं। नेपाली कांग्रेसले केन्द्रीय कार्य समितिको बैठक आगामी साउन २४ गते बस्ने निर्णय गरेको छ।

पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक आइतबार दिउँसो १ बजे ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा आयोजना हुनेछ।

बैठकमा पार्टीका पदाधिकारी तथा केन्द्रीय कार्यसमितिका सदस्यहरूलाई अनिवार्य रूपमा उपस्थित हुन आग्रह गरिएको छ। बैठकमा समसामयिक राजनीतिक अवस्था, पार्टीका आन्तरिक गतिविधि तथा आगामी कार्यक्रमबारे छलफल हुने अपेक्षा गरिएको छ।

Back To Top
Modern Footer Design