दुर्गा पूजा सजाउने क्रममा करेन्ट लागेर उदयपुरमा वृद्धको मृत्यु

उदयपुर । दुर्गा पूजाका लागि विद्युत् लाइन जोड्ने क्रममा करेन्ट लागेर उदयपुरमा एक वृद्धको ज्यान गएको छ।

मृत्यु हुनेमा त्रियुगा नगरपालिका–१२, पुरानो गाईघाटस्थित ज्योतिनगर टोलका ६५ वर्षीय बद्रीनारायण चौधरी रहेका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मंगलबार साँझ पूजा व्यवस्थापनका लागि विद्युत् लाइन जोड्ने क्रममा उनलाई करेन्ट लागेको थियो। करेन्ट लागेर गम्भीर घाइते भएका चौधरीलाई तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल उदयपुर पुर्‍याइएको थियो। तर, अस्पतालले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजन चापागाईंले जानकारी दिएका छन्। प्रहरीका अनुसार मृतकको शव परीक्षण गरी आफन्तको जिम्मा लगाउने प्रक्रिया अघि बढाइएको छ।

Back To Top
Modern Footer Design