वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी विधेयक राष्ट्रपतिबाट प्रमाणित

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८३ लाई प्रमाणीकरण गरेका छन्।

राष्ट्रपति कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार संघीय संसदको प्रतिनिधिसभाबाट पारित भई प्रमाणीकरणका लागि पठाइएको उक्त विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा २० अनुसार प्रमाणित गरिएको हो। विधेयक प्रमाणीकरण भएसँगै विकास निर्माण तथा पूर्वाधारका क्षेत्रमा वैकल्पिक वित्तीय स्रोत परिचालन गर्ने कानुनी आधार तयार भएको छ। यसले सरकारी स्रोतबाहेक अन्य वैकल्पिक माध्यमबाट लगानी जुटाई विकासका कार्यक्रम सञ्चालन गर्न मार्ग प्रशस्त गर्ने अपेक्षा गरिएको छ। सरकारले विकास वित्तको दायरा विस्तार गर्दै आवश्यक लगानी आकर्षित गर्न तथा दीर्घकालीन विकास परियोजनालाई वित्तीय व्यवस्थापनमा सहजता ल्याउने उद्देश्यले उक्त विधेयक अघि बढाएको जनाएको छ।

Back To Top
Modern Footer Design