रास्वपा महाधिवेशन,आजैबाट निर्वाचन प्रक्रिया सुरु हुने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को जारी महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया मंगलबारबाटै सुरु हुने भएको छ।

बन्दसत्र निर्धारित समयभन्दा ढिलो सुरु भए पनि आजैबाट निर्वाचनका काम अगाडि बढाइने तयारी रहेको निर्वाचन आयोग स्रोतले जनाएको छ। स्रोतका अनुसार प्रक्रिया केही ढिलो हुन सक्ने भए पनि उम्मेदवारीलगायतका गतिविधि मंगलबार नै सुरु गरिनेछ। महाधिवेशनबाट सभापति पदमा रवि लामिछाने निर्विरोध निर्वाचित हुने सम्भावना रहेको बताइएको छ। यद्यपि ९९ सदस्यीय केन्द्रीय समितिका लागि भने प्रतिस्पर्धात्मक निर्वाचन हुने तयारी छ।

संशोधित विधानअनुसार सातै प्रदेशबाट कम्तीमा पाँच–पाँच जना प्रतिनिधित्व सुनिश्चित गरिनेछ, जसमा दुई जना महिला अनिवार्य रहने व्यवस्था छ। बाँकी ६४ सदस्य खुला प्रतिस्पर्धाबाट चयन हुनेछन्। निर्वाचन आयोगले उम्मेदवारी दर्ता र मतदानको विस्तृत कार्यतालिका भने अझै सार्वजनिक गरेको छैन। सभापति र केन्द्रीय सदस्यको चयनपछि दोस्रो चरणमा पदाधिकारीहरूको निर्वाचन गरिने जनाइएको छ। रास्वपाले बुधबारभित्र महाधिवेशनका सम्पूर्ण कार्यक्रम सम्पन्न गर्ने लक्ष्य राखेको छ।

Back To Top
Modern Footer Design