काठमाडौँ । बडादशैँ २०८३ को अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार काठमाडौँ उपत्यकाका विभिन्न शक्तिपीठमा पुगेर दर्शन तथा पूजाअर्चना गरेका छन्।
प्रथम महिला सबिता पौडेलसहित मन्दिर पुगेका राष्ट्रपति पौडेलले शक्तिपीठहरूमा पूजाआजा गर्नुका साथै टीकाप्रसाद ग्रहण गरेका हुन्। यस क्रममा उनले नक्साल भगवती, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नरदेवी, रक्तकाली, इन्द्रायणी र शोभाभगवती मन्दिरमा दर्शन तथा पूजाअर्चना गरेका छन्।
