काठमाडौं । निरन्तर भइरहेको वर्षाका कारण ललितपुरको च्यासल क्षेत्रमा नदीको जलस्तर बढेपछि गृहमन्त्री सुधन गुरुङले शुक्रबार उक्त क्षेत्रको स्थलगत निरीक्षण गरेका छन्।
च्यासलस्थित नेकपा एमालेको पार्टी कार्यालय आसपास मनोहरा खोलाको पानी सडकको सतहसम्म पुगेको छ। वर्षाका कारण हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै मन्त्री गुरुङले सुरक्षा निकायलाई आवश्यक पूर्वतयारी र सतर्कता अपनाउन निर्देशन दिएका छन्। निरीक्षणका क्रममा च्यासल क्षेत्रको पछिल्लो अवस्थाबारे जानकारी लिँदै गृहमन्त्री गुरुङले सम्भावित विपद्का घटनामा तत्काल उद्धार तथा व्यवस्थापनका लागि तयारी अवस्थामा रहन सम्बन्धित निकायलाई आग्रह गरेका छन्।
