सोमबारको मौसम : हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना

काठमाडौं । देशमा हाल कुनै उल्लेखनीय मौसमी प्रणाली सक्रिय नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार सोमबार देशका अधिकांश भू–भागको मौसम सामान्यतया सफा रहनेछ।

हाल कोशी प्रदेशसहित गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहेको छ। बाँकी क्षेत्रमा भने मौसम मुख्यतः सफा रहेको महाशाखाले जनाएको छ।

सोमबार दिउँसो र रातिको समयमा कोशी, बागमती तथा गण्डकी प्रदेशका हिमाली भू–भागमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। यस्तै, कोशी प्रदेशका पहाडी क्षेत्रमा समेत आंशिक बादल लाग्न सक्नेछ।

महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ। देशका अन्य क्षेत्रमा भने उल्लेखनीय वर्षाको सम्भावना नरहेको जनाइएको छ।

Back To Top
Modern Footer Design