एकैदिन ६ हजार ५०० रुपैयाँले घट्यो सुनको भाउ

काठमाडौँ ।नेपाली बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ६ हजार ५०० रुपैयाँले घटेर २ लाख ४१ हजार ४०० रुपैयाँ कायम भएको छ ।मंगलबार सुन प्रतितोला २ लाख ४७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । एकैदिन सुनको मूल्यमा आएको ठूलो गिरावटसँगै बजारमा सुनको भाउ प्रतितोला २ लाख ४१ हजार रुपैयाँमा झरेको हो ।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार १४५ रुपैयाँ रहेको चाँदी बुधबार १०५ रुपैयाँले घटेर ३ हजार ४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Back To Top
Modern Footer Design