काठमाडौँ । काठमाडौँबाट स्रोत खुलाउन नसकेको नेपाली तथा विदेशी मुद्रासहित दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा चितवनको बिसौनीकी २० वर्षीया स्नेहा रिमाल र माल्दिभ्सका नागरिक युगीथ इब्राहिम रहेका छन्। उनीहरूलाई प्रहरीले बिहीबार ठमेलबाट नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता दानबहादुर थापाका अनुसार उनीहरूको साथबाट नेपाली ५० लाख ५० हजार रुपैयाँ, ओमानी चार हजार २१५ रियाल र संयुक्त अरब इमिरेट्सका ५५ दिराम बरामद भएको छ। बरामद रकमको स्रोत नखुलेपछि प्रहरीले दुवै जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाएको छ।
