भिएआर निर्णयप्रति इजिप्ट असन्तुष्ट, प्रशिक्षक हसनको घोषणा– ‘अब विश्वकपको कुनै खेल हेर्दिनँ

अमेरिका । फिफा विश्वकप २०२६ को अन्तिम १६ मा अर्जेन्टिनासँग ३–२ को नाटकीय हार बेहोरेपछि इजिप्टले रेफ्री र भिडियो सहायक रेफ्री भिएआर को निर्णयमाथि गम्भीर प्रश्न उठाएको छ।

खेलको सुरुआतमा २–० को अग्रता बनाएको इजिप्टले मोस्तफा जिकोमार्फत तेस्रो गोल पनि गरेको थियो। तर भिएआरमार्फत गरिएको समीक्षापछि गोल हुनुअघि फाउल भएको निष्कर्ष निकाल्दै रेफ्रीले उक्त गोल अमान्य घोषणा गरे। यही निर्णय खेलको सबैभन्दा विवादास्पद क्षण बनेको थियो। त्यसपछि खेलको अन्तिम ११ मिनेटमा अर्जेन्टिनाले लगातार तीन गोल गर्दै अविश्वसनीय पुनरागमनसहित क्वार्टरफाइनलमा स्थान सुरक्षित गर्‍यो। पराजयपछि पत्रकार सम्मेलनमा बोल्दै इजिप्टका मुख्य प्रशिक्षक होसाम हसनले रेफ्रीको निर्णयप्रति तीव्र असन्तुष्टि व्यक्त गरे। उनले अब विश्वकपका बाँकी खेलसमेत नहेर्ने घोषणा गर्दै भने, “म स्वदेश फर्किँदैछु र अब यो विश्वकपको एउटा पनि खेल हेर्ने छैन।

हाम्रो टोलीले न्याय पाएन। हामीले पेनाल्टी पाउनुपर्ने अवस्था थियो, हाम्रो गोल पनि रद्द गरियो। त्यो निर्णय किन गरियो भन्ने अझै स्पष्ट भएको छैन।” इजिप्टका फरवार्ड मोस्तफा जिकोले पनि आफ्नो रद्द गरिएको गोल खेलको टर्निङ प्वाइन्ट बनेको प्रतिक्रिया दिएका छन्। उनका अनुसार उक्त निर्णयले खेलको लय मात्र होइन, अन्तिम नतिजामै प्रत्यक्ष असर पारेको थियो। भिएआरसँग सम्बन्धित यो निर्णय अहिले अन्तर्राष्ट्रिय फुटबल वृत्तमा व्यापक बहसको विषय बनेको छ। धेरै समर्थक र फुटबल विश्लेषकले रेफ्रीको निर्णयबारे फरक–फरक धारणा सार्वजनिक गरिरहेका छन्।

Back To Top
Modern Footer Design