काठमाडौँ। नेपाली बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घट्दै २ लाख ८७ हजार १ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन अर्थात् मंगलबार यही सुन प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदीको मूल्यमा पनि कमी आएको छ। आज चाँदी प्रतितोला ५५ रुपैयाँले घटेर ४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। मंगलबार भने चाँदीको मूल्य प्रतितोला ४ हजार ५ सय ५५ रुपैयाँ रहेको थियो।

Back To Top
Modern Footer Design