नयाँ दिल्ली। नेपाल र भारतबीच नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय बैठक सुरु भएको छ। बैठकमा नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित दुवै देशका उच्चस्तरीय अधिकारीहरू सहभागी छन्।
बैठकमा नेपालका तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, परराष्ट्र सचिव अमृतबहादुर राई तथा भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डे सहभागी भएका छन्।
त्यस्तै, भारतीय पक्षबाट विदेशमन्त्री डा. एस जयशंकर, प्रधानमन्त्री मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभललगायत उच्च सरकारी अधिकारीहरूको उपस्थिति रहेको छ। प्रधानमन्त्री बालेन शाहको भारतको राजकीय भ्रमणका क्रममा भइरहेको यस बैठकमा दुई देशबीचको आपसी सम्बन्ध र द्विपक्षीय विषयमा छलफल भइरहेको छ।
