काठमाडौँ उपत्यका बर्डफ्लुको ‘हटस्पट’, १० भन्दा बढी जिल्लामा संक्रमण फैलियो

काठमाडौँ । काठमाडौं उपत्यका अहिले बर्डफ्लु एचएन संक्रमणको प्रमुख केन्द्र बनेको छ। पशु सेवा विभागका अनुसार काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न स्थानमा संक्रमण तीव्र रूपमा फैलिएको छ।

संक्रमण कहाँसम्म फैलियो रुस् बर्डफ्लु संक्रमण सुरुमा कोशी प्रदेशमा एचएन भाइरसका रूपमा देखिएको थियो। अहिले भने मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन, पश्चिम नवलपरासी, काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेसहित १० भन्दा बढी जिल्लामा संक्रमण फैलिसकेको विभागले जनाएको छ। उपत्यकाभित्र कीर्तिपुर, चन्द्रागिरि, तारकेश्वर, गोदावरी, महालक्ष्मी लगायत ५० भन्दा बढी स्थानमा एच५एन१ भाइरस पुष्टि भएको छ।

संक्रमण बढेसँगै विभागले प्राविधिक टोली परिचालन गरी प्रभावित फार्महरूमा रहेका कुखुरा, हाँस तथा अन्य पन्छी नष्ट गर्ने काम गरिरहेको छ। संक्रमण फैलिनुको कारणस् अधिकारीहरूका अनुसार जैविक सुरक्षा मापदण्डको कमजोर पालना, अव्यवस्थित फार्म सञ्चालन तथा जंगली चराको आवतजावतले संक्रमण फैलिन सहयोग पुगेको छ। रोग थप फैलिन नदिन संक्रमित क्षेत्रका पन्छी, अण्डा तथा अन्य पन्छीजन्य सामग्री नष्ट गरी निःसंक्रमणको काम भइरहेको छ।


बच्न के गर्ने ?
विशेषज्ञहरूले संक्रमित वा मरेका पन्छीसँग प्रत्यक्ष सम्पर्क नगर्न, मासु र अण्डा राम्ररी पकाएर मात्र सेवन गर्न तथा व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन सुझाव दिएका छन्। बर्डफ्लु मुख्य रूपमा पन्छीमा फैलिने रोग भए पनि संक्रमित पन्छीसँग नजिक सम्पर्कमा रहने व्यक्तिहरू जोखिममा पर्न सक्छन्। पशु सेवा विभागले फार्ममा अनावश्यक व्यक्ति र सवारीसाधन प्रवेश रोक्न, नियमित निःसंक्रमण गर्न, एउटै व्यक्ति धेरै फार्ममा आवतजावत नगर्न तथा सुरक्षात्मक सामग्री प्रयोग गर्न आग्रह गरेको छ। साथै, पन्छीको अस्वाभाविक मृत्यु वा ठूलो संख्यामा बिरामी परेको अवस्था देखिए तत्काल सम्बन्धित पशु सेवा कार्यालयमा जानकारी गराउन अनुरोध गरिएको छ।


राहत र क्षतिपूर्ति
बर्डफ्लु नियन्त्रणका क्रममा नष्ट गरिएका पन्छी तथा पन्छीजन्य सामग्रीका धनीलाई सरकारले राहत उपलब्ध गराउने व्यवस्था गरेको छ। क्षति भएको ३० दिनभित्र निवेदन दिएपछि मूल्यांकनका आधारमा क्षतिको ७५ प्रतिशतसम्म राहत रकम प्रदान गरिनेछ। त्यस्तै, रोग नियन्त्रण अभियानमा खटिएका कर्मचारी तथा कामदारका लागि १० लाख रुपैयाँसम्मको जोखिम बीमा व्यवस्था गरिएको छ। यदि बीमा नभएको अवस्थामा खटिएको अवधिमा सोही रोगका कारण मृत्यु भए परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराइने प्रावधान रहेको छ।

Back To Top
Modern Footer Design