काठमाडौँ । आज वि.सं. २०८३ भदौ १८ गते बिहीबार, ई.सं. २०२६ सेप्टेम्बर ३। आज भाद्र कृष्णपक्ष सप्तमी तिथि रहेको छ भने राति २५ः३७ बजेपछि अष्टमी लाग्नेछ। कृत्तिका नक्षत्र र मेष चन्द्रराशि रहेको आजको दिनलाई ज्योतिषीय दृष्टिले यसरी हेर्न सकिन्छ।
मेष: आवेशमा निर्णय गर्दा समस्या आउन सक्छ। रोकिएका काम अघि बढ्नेछन्। आर्थिक पक्षमा भने सोचविचार आवश्यक देखिन्छ।
वृष: मेहनतअनुसार सफलता मिल्नेछ। पारिवारिक सहयोग प्राप्त हुनेछ। नयाँ कामको योजना बनाउन अनुकूल समय छ।
मिथुन: काममा चुनौती आए पनि प्रयासले सफलता दिलाउन सक्छ। व्यापार–व्यवसायमा सुधार आउनेछ। बोलीमा संयम अपनाउनु राम्रो।
कर्कट: पुराना समस्या समाधानतर्फ अघि बढ्नेछन्। मान्यजनको सहयोग मिल्नेछ। धार्मिक तथा सामाजिक कार्यमा रुचि बढ्नेछ।
सिंह: कार्यक्षेत्रमा प्रतिष्ठा बढ्नेछ। जिम्मेवारी पूरा गर्न सफल भइनेछ। प्रतिस्पर्धामा सफलता मिल्ने योग छ।
कन्या: रोकिएका काम पुनः सुरु गर्न सकिनेछ। मेहनतको उचित परिणाम प्राप्त हुनेछ। लामो यात्राका लागि खर्च हुन सक्छ।
तुला: पुराना समस्या दोहोरिनाले केही अलमल हुन सक्छ। हल्लाको पछि नलाग्नुहोस्। शुभचिन्तकको सहयोगले समस्या समाधान हुनेछ।
वृश्चिक: चुनौतीपूर्ण काममा सफलता मिल्नेछ। विरोधीहरू कमजोर हुनेछन्। आफ्नो योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ।
धनु: पराक्रमद्वारा आफ्नो अधिकार स्थापित गर्न सकिनेछ। प्रतिस्पर्धामा सफलता मिल्ने योग छ। कामको सिलसिलामा यात्रा हुन सक्छ।
मकर: परिस्थितिका कारण चिताएको काममा केही ढिलाइ हुन सक्छ। अरूलाई दिएको वचन पूरा गर्न कठिनाइ आउन सक्छ। मान्यजनको सहयोग लिनु लाभदायी हुनेछ।
कुम्भ: नयाँ अवसर प्राप्त हुनेछन्। मेहनत र धैर्यले काममा सफलता दिलाउनेछ। आर्थिक कारोबारमा भने सावधानी अपनाउनु राम्रो।
मीन: उद्योग तथा व्यापारमा विशेष लाभ हुने समय छ। प्रतिस्पर्धी पछि हट्नेछन्। नयाँ काम सुरु गर्न अनुकूल समय रहेको छ।
