काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला १ हजार ७ सय रुपैयाँले बढेर ३ लाख १ हजार ८ सय रुपैयाँ पुगेको छ। मंगलबार सुन प्रतितोला ३ लाख १ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ८५ रुपैयाँले बढेको छ। मंगलबार ४ हजार ६ सय रुपैयाँ रहेको चाँदीको मूल्य बुधबार बढेर ४ हजार ६ सय ८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
