२१ बुँदे योजनापछि सेयर बजारमा सुधार, लगानीकर्ताको विश्वास अझै परीक्षणमा

काठमाडौँ । सरकारले पुँजीबजार सुधारका लागि २१ बुँदे कार्ययोजना सार्वजनिक गरेपछि सेयर बजारमा सकारात्मक प्रभाव देखिएको छ।

कार्ययोजना सार्वजनिक भएपछि बजारमा उतारचढाव भए पनि साताभर नेप्से ८७.७३ अंकले बढेर २६४७.२२ बिन्दुमा पुगेको छ।
यस अवधिमा बजार पुँजीकरण करिब १ खर्ब ३९ अर्ब रुपैयाँले बढेको छ भने ३० अर्ब ५८ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।


सरकारले पुँजीगत लाभकर, सेयर स्प्लिट, बाइब्याक, इन्ट्रा–डे र मार्जिन कारोबारलगायतका विषय कार्ययोजनामा समेटेको छ। तर विगतका घोषणा कार्यान्वयनमा ढिलाइ भएको भन्दै लगानीकर्ताले यसपटक योजनाको प्रभावकारी कार्यान्वयनलाई मुख्य रूपमा हेरिरहेका छन्।

Back To Top
Modern Footer Design