नेपाली बजारमा सुनचाँदीको मूल्यमा पुनः गिरावट,

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घट्ने क्रमले बिहीबार पनि निरन्तरता पाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला ३ हजार ३०० रुपैयाँले घटेको हो।

महासंघले सार्वजनिक गरेको नयाँ मूल्यसूचीअनुसार आज सुन प्रतितोला २ लाख ५७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बुधबार सुनको मूल्य प्रतितोला २ लाख ६० हजार ९०० रुपैयाँ कायम थियो। यसअघि बुधबार पनि सुनको मूल्य एकैदिन प्रतितोला ६ हजार ३०० रुपैयाँले घटेको थियो। लगातार दुई दिन मूल्य घटेपछि नेपाली बजारमा सुनको भाउ थप सस्तिएको छ।

यता, चाँदीको मूल्यमा पनि बिहीबार गिरावट आएको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला ४५ रुपैयाँले घटेको हो। बुधबार प्रतितोला ३ हजार ३८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज घटेर ३ हजार ३३५ रुपैयाँ कायम भएको छ। पछिल्लो दुई दिनको मूल्य परिवर्तनसँगै नेपाली बजारमा सुनचाँदी दुवैको भाउ घटेको छ।

Back To Top
Modern Footer Design