‘एकै पटक सामूहिक गिरफ्तार गर’ भन्दै पत्रकार महासङ्घको धर्ना

काठमाडौँ ।नेपाल पत्रकार महासङ्घले पत्रकारहरूको सामूहिक गिरफ्तारीको माग राख्दै काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा विरोधस्वरूप धर्ना दिएको छ।

महासङ्घले बुधबार बिहानदेखि चरणबद्ध रूपमा तीन स्थानमा प्रदर्शन गरेको हो।महासङ्घले ‘पत्रकारलाई पटक–पटक होइन, एकै पटक सामूहिक गिरफ्तार गर’ भन्ने नारासहित धर्ना कार्यक्रम सञ्चालन गरेको जनाएको छ। निर्धारित कार्यक्रमअनुसार बिहान ९ बजे जिल्ला प्रशासन कार्यालय ललितपुर, १० बजे जिल्ला प्रशासन कार्यालय भक्तपुर र ११ बजे बबरमहलस्थित सडक विभाग परिसरमा धर्ना दिइएको हो।महासङ्घले फरक–फरक स्थानमा एकपछि अर्को गर्दै धर्ना आयोजना गरी आफ्नो विरोध जनाएको छ।

Back To Top
Modern Footer Design