काठमाडौँ । रुपन्देहीको सालझण्डीमा नेपाली सेना र भारतीय सेनाबीच संयुक्त सैन्य तालिम अभ्यास ‘सूर्यकिरण’ सुरु भएको छ।
नेपाली सैनिक ब्याटल स्कुलमा बुधबारदेखि अभ्यासको २०औँ संस्करण सुरु गरिएको नेपाली सेनाले जनाएको छ। नेपाली सेनाका अनुसार संयुक्त अभ्यासमा विपद् व्यवस्थापन, जंगल युद्धकला तथा मानवीय सहयोगलगायतका विषयलाई प्राथमिकता दिइनेछ।
अभ्यासका क्रममा दुवै देशका सैनिकले विभिन्न विषयमा सैद्धान्तिक तथा व्यावहारिक ज्ञान र अनुभव आदानप्रदान गर्नेछन्। साथै, संयुक्त रूपमा काम गर्ने क्षमता र विपद्का बेला प्रभावकारी सहयोग गर्न सक्ने दक्षता अभिवृद्धिमा समेत अभ्यास केन्द्रित रहनेछ।
