फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ विद्यालय प्रभावित

पेरिस । फ्रान्समा पछिल्लो केही दिनयता विद्यालयका विद्यार्थीहरू विभिन्न माग राख्दै सडकमा उत्रिएका छन्। प्रदर्शनका कारण देशका सयौँ शैक्षिक संस्था प्रभावित भएका छन् भने केही विद्यालयका प्रवेशद्वारसमेत विद्यार्थीले अवरुद्ध गरेका छन्। कतिपय स्थानमा प्रदर्शन नियन्त्रणमा लिन सुरक्षाकर्मीले अश्रुग्यास प्रयोग गरेका छन्। केही ठाउँमा विद्यार्थी र प्रहरीबीच झडपसमेत भएको बताइएको छ। सरकारले विद्यार्थीले उठाएका केही मागलाई…

Read More

अमेरिकी भ्रमणमा पुगेका चिनियाँ राष्ट्रपति सीलाई ट्रम्पको भव्य स्वागत

वासिङ्टन । चिनियाँ राष्ट्रपति सी चिनफिङ तीनदिने अमेरिका भ्रमणका क्रममा वासिङ्टन पुगेका छन्। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार साँझ संयुक्त सैन्य विमानस्थलमा पुगेर सी र उनकी पत्नी पेङ लियुआनलाई विशेष सम्मानसहित स्वागत गरेका छन्। सीलाई स्वागत गर्न विमानस्थलमा रातो कार्पेट बिछ्याइएको थियो भने अमेरिकी वायुसेनाको ब्याण्ड र सैन्य विमानको फ्लाइपासहित औपचारिक स्वागत कार्यक्रम गरिएको थियो।…

Read More

ट्रम्प प्रशासनको मिडिया प्रतिबन्धको विरोधमा प्रमुख अमेरिकी सञ्चारमाध्यमद्वारा सामूहिक बहिष्कार

काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले केही प्रमुख सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेशमा रोक लगाएपछि अमेरिकाका ठूला टेलिभिजन नेटवर्कहरूले सोमबार राष्ट्रपतिका कार्यक्रमको साझा प्रसारण अर्थात् ‘पुल्ड कभरेज’ बहिष्कार गरेका छन्। ह्वाइट हाउसले शुक्रबार सीएनएन, पोलिटिको र एमएस नाउका पत्रकारलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको थियो। ट्रम्पले ती सञ्चारमाध्यमले आफ्नो प्रशासनबारे ‘काल्पनिक कुरा वा झूट’ लेखेको…

Read More

ग्रिनल्यान्डको सुरक्षा सम्झौतामा अमेरिका–डेनमार्क सहमत, ट्रम्पले भने– स्थायी सुरक्षा नियन्त्रण हुनेछ

ग्रिनल्यान्ड । ग्रिनल्यान्डको सुरक्षासम्बन्धी विषयलाई लिएर अमेरिका र डेनमार्कबीच लामो समयदेखि चल्दै आएको कूटनीतिक तनाव अन्त्य गर्ने उद्देश्यसहित नयाँ सुरक्षा सम्झौतामा सहमति भएको छ। सम्झौताले आर्कटिक क्षेत्रमा सुरक्षा र सहकार्य बलियो बनाउने नेटोले जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत सम्झौताले अमेरिकालाई ग्रिनल्यान्डको सुरक्षा तथा अन्य आवश्यकतामा ‘स्थायी नियन्त्रण’ दिने दाबी गरेका छन्। उनका…

Read More

लस एन्जलसमा हेलिकोप्टर दुर्घटना, एक जनाको मृत्यु

अमेरिका । अमेरिकाको लस एन्जलसमा हेलिकोप्टर दुर्घटना हुँदा कम्तीमा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। लस एन्जलस अग्नि नियन्त्रण विभागका अनुसार मंगलबार स्थानीय समयअनुसार साँझ करिब ७ बजे लस एन्जलसको च्याट्सवर्थ क्षेत्रमा हेलिकोप्टर दुर्घटनामा परेको हो। लुर्लाइन एभिन्यु र नर्डहफ स्ट्रिट नजिकै रहेको दुईवटा व्यापारिक भवनको बीचमा हेलिकोप्टर खसेपछि कन्टेनर…

Read More

ब्रिक्समा सबै देशका आवाज सुनिन्छन् : मोदी

नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ब्रिक्समा सहभागी सबै देशका आवाज र अनुभवलाई महत्व दिइने बताएका छन्। भारतको अध्यक्षतामा नयाँदिल्लीमा भइरहेको ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन आइतबार सम्बोधन गर्दै मोदीले ब्रिक्सको शक्ति विविधता र आपसी सहकार्यमा रहेको बताए। रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङको उपस्थितिमा सम्बोधन गरेका मोदीले भारतको ब्रिक्स अध्यक्षता सहनशीलता,…

Read More

रुस–युक्रेन युद्धमा सहभागी सैनिकको किमद्वारा प्रशंसा

प्योङयाङ । उत्तर कोरियाली नेता किम जोङ उनले देशको ७८औँ स्थापना दिवसका अवसरमा विदेशमा सैन्य अभियानमा खटिएका आफ्ना सैनिकको प्रशंसा गरेका छन्। उनले रुस–युक्रेन युद्धमा उत्तर कोरियाले गरिरहेको सैन्य सहयोगप्रति समेत समर्थन जनाएका छन्। बुधबार आयोजित कार्यक्रममा किमले विदेशमा तैनाथ उत्तर कोरियाली सेनाका कमान्डर तथा जवानप्रति विशेष सम्मान र कृतज्ञता व्यक्त गरेको उत्तर कोरियाको सरकारी…

Read More

पश्चिम किनारका इजरायली बस्तीमाथि बेलायतको प्रतिबन्ध, इजरायलद्वारा कडा आपत्ति

काठमाडौं । बेलायतले प्यालेस्टिनी भूभाग पश्चिम किनारमा रहेका अवैध इजरायली बस्तीमाथि प्रतिबन्ध घोषणा गरेको छ। प्यालेस्टिनीमाथि बस्ती विस्तारका क्रममा भइरहेको जबर्जस्ती विस्थापनप्रति इजरायल सरकारले आँखा चिम्लिएको आरोप लगाउँदै बेलायतले यस्तो कदम चालेको हो। बेलायती विदेशमन्त्री एड मिलिब्यान्डले यो निर्णयलाई इजरायल–प्यालेस्टाइन द्वन्द्वप्रतिको बेलायतको नीतिमा नयाँ सुरुवात भएको बताएका छन्। उनका अनुसार अन्याय र पीडाको विरोधमा आवाज…

Read More

मियामी विमानस्थलमा कार्गो विमान दुर्घटना, पाँच जनाको मृत्यु

काठमाडौँ । अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अमेजन एयरको कार्गो विमान दुर्घटना हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। स्थानीय समयअनुसार आइतबार दिउँसो करिब २ बजे अवतरण गर्ने क्रममा बोइङ ७६७–३०० विमान रनवेबाट बाहिरिएर दुर्घटनामा परेको हो। प्रारम्भिक विवरणअनुसार विमान करिब २०९ किलोमिटर प्रतिघण्टाको गतिमा रनवेबाट बाहिरिएको थियो। दुर्घटनापछि विमानस्थल…

Read More

चीन–नेपाल सीमा क्षेत्रको केरुङ नाकामा पहिरोः ५ जनाको मृत्यु, ५५८ बेपत्ता

चीनको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रस्थित गिरोङ (केरुङ) नाकामा गएको भीषण पहिरोमा परी ५ जनाको मृत्यु भएको छ भने ५५८ जना अझै बेपत्ता छन् । क्षेत्रीय आपत्कालीन व्यवस्थापन विभागकाअनुसार गत बुधवार बिहान नेपालतर्फबाट शुरु भएको पहिरोले केरुङ पोर्टमा ठूलो क्षति पु¥याएको हो । शुक्रवार अपराह्न ३ बजेसम्मको प्राप्त विवरणअनुसार पहिरोमा पुरिएका ५ जनाको शव फेला परेको…

Read More
Back To Top
Modern Footer Design