सुन र चाँदी मूल्य महँगियो

काठमाडौँ । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य बढेको छ। अघिल्लो कारोबार दिन शुक्रबारको तुलनामा सुनको मूल्य प्रतितोला एक हजार ९०० रुपैयाँ र चाँदीको मूल्य ४० रुपैयाँले वृद्धि भएको हो।

नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ८४ हजार रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला चार हजार २४० रुपैयाँ कायम गरिएको छ। गत शुक्रबार छापावाल सुन प्रतितोला दुई लाख ८२ हजार १०० रुपैयाँ र चाँदी चार हजार २०० रुपैयाँमा किनबेच भएको थियो। यस्तै, अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार ३१ अमेरिकी डलर र चाँदी प्रतिऔंस ५६ अमेरिकी डलरको हाराहारीमा कारोबार भइरहेको छ।

Back To Top
Modern Footer Design